जोरायलमा पेनाल्टी सुटआउट प्रतियोगिता सम्पन्न, मिलचौराहा FC विजेता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

डोटी — तिहार मेलाको अवसरमा आयोजित स्व. चित्र मडै स्मृति रोयल जोरायल पेनाल्टी सुटआउट प्रतियोगिता २०८१ जोरायल गाउँपालिका–४, सिलङ्गीबागमा सम्पन्न भएको छ। रोयल युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा २६ टिम सहभागी भएका थिए।

प्रतियोगितामा मिलचौराहा FC समूह जोरायल २ ले प्रथम स्थान हासिल गर्दै नगद २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गर्ने All Star समूह, जोरायल गाउँपालिका–४, ले नगद ११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

यो प्रतियोगिताको चौथो संस्करण हो र यसमा हरेक वर्ष खेलाडीहरूको उल्लेखनीय सहभागिता हुँदै आएको क्लबले जनाएको छ ।

कार्यक्रममा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, वडा नं. २ का अध्यक्ष वीर बहादुर दर्लामी, डोटी जिल्ला खेलकुद अध्यक्ष प्रकाश शाही, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्लबका वरिष्ठ उपाध्यक्ष भिम बहादुर मडैले गरेका थिए भने प्रमुख अतिथि जोरायल गाउँपालिका अध्यक्ष ओझा रहेका थिए।

कार्यक्रमका सभापति तथा क्लबका वरिष्ठ उपाध्यक्ष मडैले आउँदा वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी दिए। क्लबका अनुसार यस्ता कार्यक्रमहरूले खेलकुदमा सकारात्मक सन्देश प्रवाह गर्दै स्थानीय युवाहरूमा उत्साह थप्ने गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.