तिहार सकिएसँगै डोटीको मिनी खप्तडले परिचीत बगलेकमा आन्तरिक पर्यटकको चाप

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

डोटी – तिहार पर्व सकिएसँगै डोटीको मिनी खप्तड क्षेत्रको रूपमा परिचित बगलेकमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ मा अवस्थित बगलेक क्षेत्रमा देउसी–भैलो खेलेर बनभोज मनाउन आउने पर्यटकको लर्को लागेको स्थानीयले बताएका छन्।

जिल्ला वन डोटी

स्थानीय सवारी चालक कृष्णबहादुर ओलीका अनुसार बगलेकमा आउने आन्तरिक पर्यटकको कारण बजारमा चहलपहल बढेको छ। “पर्यटकहरूले आजभोलि बगलेक बजारलाई भरिभराउ बनाइरहेका छन्,” उनले भने। मिनी खप्तडमा बनभोजको रमाइलो गर्न आउनेहरूकै कारण स्थानीय व्यापार व्यवसायमा केही वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

यद्यपि, पर्यटकहरूको आगमनसँगै फोहोर व्यवस्थापन चुनौतीको रूपमा देखिएको छ। स्थानीय बुद्धिजीवीहरूले पर्यटकले ल्याएको फोहोर उचित व्यवस्थापन नहुँदा यसले प्राकृतिक सौन्दर्यमा असर पुर्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.