युएईमा जारी यु–१९ महिला टि–२० विश्वकप छनोटमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।

जिल्ला वन डोटी

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज भएको टसमा नेपालले जित हात पार्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। गत बुधवारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो चौथो खेल हो। नेपालले यसअघि खेलेका दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। तर, तेस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग १३ रनले हार बेहोर्नु परेको थियो।

यस एसिया छनोटमा आयोजक युएईसहित नेपाल, कुवेत, र थाइल्याण्ड गरी चार टोलीहरू सहभागी छन्। प्रतियोगिताको नियमअनुसार शीर्ष स्थान हासिल गर्ने टोलीले सन् २०२५ मा मलेसियामा आयोजना हुने यु–१९ महिला टि–२० विश्वकपमा स्थान बनाउनेछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.