बडिकेदार गाउँपालिकाद्वारा ‘बडिकेदार मेरा’ गीत सार्वजनिक, पर्यटन र सांस्कृतिक प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

डोटीको बडिकेदार गाउँपालिकाले आफ्नो क्षेत्रका विभिन्न सांस्कृतिक, धार्मिक र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न ‘बडिकेदार मेरा’ नामक नयाँ देउडा गीत सार्वजनिक गरेको छ। गाउँपालिकाको विशेष प्रस्तुति रहेको यस गीतमा गायक नवीन जेठारा महासागर र प्रसिद्ध गायिका पूर्णकला बिसीको स्वर रहेको छ। गीतलाई लाल बहादुर धामी (अछामी बड्डो)ले संगीतबद्ध गरेका छन् भने गीतका शब्द कुमार मटेलीले लेखेका हुन्।

‘बडिकेदार मेरा’ गीतमा बडिकेदार गाउँपालिकाका पाँच वटै वडाका प्रमुख आकर्षणहरू समेटिएका छन्। यस गीतले धार्मिक र पर्यटकीय स्थलहरूको महत्त्वलाई उजागर गर्दै सुदूरपश्चिम प्रदेशका चर्चित तीर्थस्थल र पर्यटकीय क्षेत्रहरूको दृश्यावलोकन गराएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गीतमा युवापुस्ताको चासो र रुचिलाई ध्यानमा राख्दै माया प्रेमसँग सम्बन्धित शब्दहरू पनि समावेश गरिएका छन्। यसले युवाहरूको आकर्षण बढाउन र गाउँपालिकाको सांस्कृतिक पहिचानलाई बलियो बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

बडिकेदार गाउँपालिकाले यस्तो सांगीतिक प्रस्तुतिले आन्तरिक पर्यटन प्रबर्द्धन, स्थानीय संस्कृतिको संरक्षण, र आर्थिक फाइदामा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

गीतको भिडियो तलको लिङ्कमा उपलब्ध छ: गीतको भिडियो हेर्नुहोस्

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.