डोटीका पत्रकार झलक पाली ‘सर्वोत्कृष्ट कला पत्रकारिता’ अवार्डबाट सम्मानित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

कैलालीको धनगढीमा सम्पन्न तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१ मा डोटीका पत्रकार झलक पाली ‘सर्वोत्कृष्ट कला पत्रकारिता’ अवार्डबाट सम्मानित भएका छन्। जोरायल घर भएका पाली विगत डेढ दशक देखि पत्रकारिता र कलाकारितामा सक्रिय छन्। सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि.को आयोजनामा भएको यो अवार्ड कार्यक्रम द रेसिडेन्सी इन, वैभव प्यालेस एण्ड रिसोर्टमा सम्पन्न भएको थियो। कार्यक्रमको सभापतित्व अनुप चन्द ठकुरीले गरेका थिए भने सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथि थिए।

जिल्ला वन डोटी

धनगढीको सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. र कन्चनपुरको बाडुल्की मिडिया हाउस प्रा.लि.को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।यो वर्ष २२ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा सर्वोत्कृष्ट गीत, गायन, लय, शब्द, अभिनय, छायांकन, सम्पादन, निर्देशन, कला पत्रकारिता र उद्घोषण विधामा सम्मान प्रदान गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

पहिलो पटक २०७९ बैशाख ८ मा धनगढीको थ्री डी आर्ट म्युजियममा प्रदेशका तत्कालीन प्रमुख देवराज जोशीको आतिथ्यतामा पहिलो अवार्ड कार्यक्रम आयोजना गरिएको थियो। त्यसमा ३९ जना विजेता घोषित र ८ जनालाई सम्मान गरिएको थियो। दोस्रो संस्करण २०८० फागुन ५ मा कैलाली उद्योग वाणिज्य संघको शुभम होटलमा सम्पन्न भएको थियो, जहाँ ४१ जना विजेता र १६ जनालाई सम्मान प्रदान गरिएको थियो।

सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्द ठकुरीका अनुसार तेस्रो संस्करणले अवार्ड कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाएको छ। पत्रकार पालीले अवार्ड प्राप्त गर्दा थप हौसला र जिम्मेवारी महशुस भएको बताउँदै आयोजक र भोटिङ गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.