एनपिएलमा उत्कृष्ट खेलाडीलाई गाडी उपहार दिइने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ।

ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा सम्पन्न सहमति अनुसार, ब्रान्ड डिजिटल लजिकका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

क्यानका सचिव पारस खड्काले फाइनलको दिन उत्कृष्ट खेलाडीलाई गाडी उपहार दिने जानकारी दिँदै यो कदम नेपाली क्रिकेटको ऐतिहासिक अवसर भएको उल्लेख गरे। उनले भने, “एनपिएलले खेलाडीको जीवनस्तर सुधार्न टेवा पुर्याउनेछ।”

एसपिजि अटोमोबाइल्सका निर्देशक शारडाले सहकार्यले नेपाली क्रिकेटको प्रवर्द्धन र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

मङ्सिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ टोली—कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स सहभागी छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.