सुदूरपश्चिम रोयल्सको दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ।

१६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ गुर्खाज १५.५ ओभरमा मात्र ९४ रन बनाएर अलआउट भयो। यो जितसँगै सुदूरपश्चिमले लगातार दोस्रो खेलमा जित हात पार्दा काठमाडौँले दोस्रो हार बेहोर्नुपर्यो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

काठमाडौँका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए। सुमित महर्जनले १४, गेर्हार्ड इरास्मस र भीम सार्कीले समान १०–१० रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमका बलर नरेन साउदले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। अविनाश बोहराले २ तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले समान १–१ विकेट लिए।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो। सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले। ओपनर विनोद भण्डारीले ३५ रन जोडे भने सैफ जैबले ११ रन बनाए।

कप्तान दीपेन्द्रसिंह ऐरीले ३ चौका र २ छक्काको मद्दतले ४३ रन बनाउँदै टोलीलाई बलियो स्कोरमा पुर्याए। रोहन मुस्तफा भने ४ रनमा आउट भए।

सुदूरपश्चिमको यो जितले टोलीलाई शीर्ष स्थानतर्फ उकास्न मद्दत गरेको छ भने काठमाडौँले आफ्नो प्रदर्शन सुधार्न थप मेहनत गर्नुपर्ने देखिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.