डिभिजन सडक जनचेतनामूलक सन्देश

नेपाल प्रिमियर लिग २०२४: सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको तेस्रो हार

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। मंसिर २२ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङमा आएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्‍यो। टोलीका ओपनर सैब जैबले ६ चौका र ५ छक्कासहित ९० रनको उत्कृष्ट पारी खेले। उनले विनोद भण्डारीसँग ४९ रनको ओपनिङ साझेदारी गरे। ब्रान्डन म्याकमुलमले २३ रन बनाए भने दीपेन्द्रसिंह ऐरी ३९ रनमा अविजित रहे। लुम्बिनीका बलर रेमन सिमोन्डले २ विकेट लिए।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

१८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सको प्रदर्शन कमजोर रह्यो। पहिलो ६ ओभरमै शीर्षक्रमका ५ ब्याटर गुमाएपछि टोली दबाबमा पर्‍यो। अर्जुन साउद र साद बिन जफर गोल्डेन डकमा आउट भए भने कप्तान रोहितकुमार पौडेलले ५ रनमात्रै बनाए। लुम्बिनीका विवेक यादवले ५४ बलमा ७ चौका र ३ छक्कासहित ७७ रनको अविजित पारी खेले। तर, अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर हुँदा टोली १४२ रनमै सीमित भयो।

सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सैब जैब र ब्रान्डन म्याकमुलमले समान ३/३ विकेट लिए भने स्टक कुग्गेलिनले २ विकेट लिए। अभिनास बोहोराले १ विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिमले लिगमा अपराजित यात्रा जारी राख्दै लगातार तेस्रो जित दर्ता गर्‍यो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो। लुम्बिनीले भने लगातार तेस्रो हार व्यहोरेको छ।

एनपीएल २०२४ मा सुदूरपश्चिमको बलियो प्रदर्शनले समर्थकहरूको मन जित्न सफल भएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.