नेपाल विद्यालय कर्मचारी परिषद डोटीको अध्यक्षमा टंक प्रसाद ओझा चयन

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

नेपाल विद्यालय कर्मचारी परिषद डोटी जिल्लाको सातौं जिल्ला अधिवेशनले टंक प्रसाद ओझाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ। समितिमा महिला उपाध्यक्ष इसरा देवी बलायर, खुला उपाध्यक्ष सिताराम नाथ, सचिव प्रकाश चन्द, सहसचिव मनोज कुमार सिंह चयन भएका छन्।

पदेन सदस्यहरूमा मोहन सिंह खड्का, तपराज ओझा, गोकुल राज शर्मा, र सुर्य थापा रहेका छन्। अन्य सदस्यहरूमा गणेश श्रेष्ठ, दिल्ली प्रसाद दाहाल, रमेश भुल, वीर बहादुर थापा, र कैलाश बहादुर साउँद चयन भएका छन्।

समाजिक विकास कार्यालय
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

अधिवेशनमा परिषदका सदस्यहरूले विद्यालय कर्मचारीहरूले सामना गरिरहेका चुनौती, न्यून पारिश्रमिक, र असमान व्यवहारबारे गम्भीर छलफल गरेका थिए। कर्मचारीका हक र अधिकारका लागि सशक्त कदम चाल्न नयाँ समितिले प्रतिबद्धता जनाएको छ।

सचिव प्रकाश चन्दले विद्यालय कर्मचारीहरूलाई सरकारले विगतदेखि नै उपेक्षा गर्दै आएको उल्लेख गर्दै, यस्ता समस्याहरूको अन्त्यका लागि एकजुट भएर काम गर्ने दृढता व्यक्त गरे।

जिल्लाका विभिन्न विद्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न अधिवेशनले परिषदलाई थप सशक्त र प्रभावकारी बनाउन नयाँ योजनाहरू अघि सारेको छ। नयाँ नेतृत्वले विद्यालय कर्मचारीहरूको पेशागत सुरक्षा, सम्मान, र हक अधिकार सुनिश्चित गर्न केन्द्रित कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।

 

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.