डिभिजन सडक जनचेतनामूलक सन्देश

डाकेर बोलाउन ….

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

✍️कृष्ण पनेरु वञ्चित संस्थापक अध्यक्ष
श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली

तिम्रै प्रेम छ छातिभित्र मनमा, खोलेर देखाँउ कि ?
तिम्रै स्वागतमा गनेर दिलका, पाना म ओछ्याउँ कि ?
देख्छु त्यो सुमुहार यो नजरले, सक्दौ भेट्टाउन
बाधा विघ्न अनेक छन् समयका, डाकेर बोलाउन ।
।।१।।
साँच्चै नै तिमिले मलाइ पहिले, माया गरेकी थियौ,
साथी जीवनकी भएर रहने,वाचा गरेकी थियौ
आँखामा तिमिलाइ सक्दछु सधै, राखेर खेलाउन,
बाधा विघ्न अनेक छन् समयका, डाकेर बोलाउन ।
।।२।।
बिर्सीत्यो सब आज एकछिनमै, बाटो कहाँको लियौ ?
ए मेरी ! तिमिलाइ आज कसरीे, के भन्नु ? मेरी थियौ
मेरो जीवन–वृक्ष यो तिमिबिना, सक्दैन मौलाउँन,
बाधा विघ्न अनेक छन् समयका, डाकेर बोलाउन ।
।।३।।
खै आफै भनिद्यौ सहूँ म कसरी ? यो चित्तको छट्पटि,
सिंगो जीवनका बुनेर सपना, टुटे सबै पट्पटि
तिर्खा यो मनको सकिन्न कहिल्यै, मेटेर मेटमउन,
बाधा विघ्न अनेक छन् समयका, डाकेर बोलाउन ।
।।४।।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.