सुदूरपश्चिमको दबदबा, कर्णालीको संघर्षले प्लेअफ सुनिश्चित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरण सोमबार सम्पन्न भएको छ। अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान सुरक्षित गरेको छ।

हारका बाबजुद, कर्णाली याक्स नेटरनरेटमा काठमाडौं गुर्खाजलाई पछि पार्दै प्लेअफमा स्थान बनाउन सफल भयो। अब पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससँग भिड्नेछ भने कर्णाली याक्सले चितवन राइनोजसँग इलिमिनेटर खेल्नेछन्। इलिमिनेटर विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सोमबारको अन्तिम खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर, टोलीले १९ ओभरमा मात्र १०१ रन बनायो। सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।

१०२ रनको लक्ष्य पछ्याउँदै, सुदूरपश्चिमले १५.२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए भने इशान पान्डेले नटआउट ३८ रनको योगदान दिए। कर्णालीका बलरहरूमा सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १–१ विकेट लिए।

लिग चरणमा सुदूरपश्चिमले ६ खेलमा जित दर्ता गरेको छ भने चितवन राइनोजसँग मात्र एक खेलमा हार बेहोरेको छ। अब प्लेअफ खेलहरूमा सुदूरपश्चिमको प्रदर्शन कस्तो हुने हो भन्ने कुराले सबैको ध्यान तानिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.