एनपीएल एलिमिनेटरमा चितवन र कर्णालीको प्रतिस्पर्धा आज

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटर खेलमा आज चितवन राइनोज र कर्णाली याक्स् भिड्दै छन्। खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

दुवै टिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ७ मध्ये ४ खेल जितेर ८ अंकसहित प्लेअफमा स्थान बनाएका थिए। लिग चरणमा चितवनले आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गरेको थियो भने कर्णालीले सुरूआती दुई खेल गुमाएपछि लगातार चार खेल जित्दै पुनरागमन गरेको थियो।

जिल्ला वन डोटी

लिग चरणमा कर्णालीले चितवनलाई १ बल बाँकी रहँदै ४ विकेटले पराजित गरेको थियो। त्यस खेलमा कर्णालीका शिखर धवनले ४५ रन बनाएका थिए। तर धवन अहिले टोलीसँग छैनन्। चितवनले सो हारको बदला लिने र कर्णालीले सोही नतिजा दोहोर्‍याउने योजनामा छन्।

चितवनले सुदूरपश्चिम र जनकपुर जस्ता बलिया टोलीलाई पराजित गरेको छ। कप्तान कुशल मल्लसँगै शरद भेषावकर, रवि बोपारा, र सोहेल तन्विरको बलियो साथले टोलीलाई सन्तुलित बनाएको छ। बोपाराले ७ खेलमा २३३ रन बनाउँदै प्रतियोगिताका दोस्रो सर्वाधिक रन स्कोरर बनेका छन् भने मल्लले २०२ रन बनाएका छन्।

कर्णालीका विलियम बसिस्टो र चाडविक वाल्टनले क्रमशः ११८ र १२६ रन बनाएका छन्। बलिङमा चितवनका रिजन ढकालले १३ र सोहेल तन्विरले १२ विकेट लिएका छन्। कर्णालीका विपीन शर्मा र बसिस्टोले क्रमशः ९ र ८ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका छन्।

आजको खेल एलिमिनेटर भएकाले पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। विजयी टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.