
डोटी-महिलाहरुको कार्यभार कम गर्ने उद्देश्यले डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदारअखडामा हाते पङ्खा वितरण गरिएको छ। स्थानीय तीनवटा महिला समूहलाई १३ वटा हाते पङ्खा वितरण गरिएको हो।

सिड नेपालको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा गरिएको यो कार्यले महिलाहरुको दैनिकीलाई सहज बनाउन मद्दत गर्ने विश्वास लिइएको छ। वडाध्यक्ष भरत बमले यस पहलले महिलाहरुको काममा समय र श्रम दुवै बचत हुने बताएका छन्।

डोटीमा महिलाहरुको जीवनस्तर सुधार गर्ने र उनीहरुको कार्यभार घटाउन यस प्रकारका कार्यक्रमहरु अघि बढाइँदै आएको छ। स्थानीय महिलाहरुले पनि यस कदमलाई सकारात्मक रूपमा लिएका छन्।
