डोटीमा महिलाको कार्यभार कम गर्न हाते पङ्खा वितरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी-महिलाहरुको कार्यभार कम गर्ने उद्देश्यले डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदारअखडामा हाते पङ्खा वितरण गरिएको छ। स्थानीय तीनवटा महिला समूहलाई १३ वटा हाते पङ्खा वितरण गरिएको हो।

जिल्ला वन डोटी

सिड नेपालको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा गरिएको यो कार्यले महिलाहरुको दैनिकीलाई सहज बनाउन मद्दत गर्ने विश्वास लिइएको छ। वडाध्यक्ष भरत बमले यस पहलले महिलाहरुको काममा समय र श्रम दुवै बचत हुने बताएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

डोटीमा महिलाहरुको जीवनस्तर सुधार गर्ने र उनीहरुको कार्यभार घटाउन यस प्रकारका कार्यक्रमहरु अघि बढाइँदै आएको छ। स्थानीय महिलाहरुले पनि यस कदमलाई सकारात्मक रूपमा लिएका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.