
काठमाडौँ-नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ।

कर्णाली याक्सले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो। जनकपुर बोल्ट्स भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको थियो।
दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेललाई फाइनल यात्रा तय गर्न निर्णायक मानिँदै यसलाई रोमाञ्चक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।


