क्रिसमस डे आज विभिन्न कार्यक्रमसहित मनाइँदै

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौ -आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा क्रिसमस डे विविध कार्यक्रमसहित मनाइँदैछ। येशु ख्रीष्टको जन्म इस्वी संवत् ०००१ मा डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको मानिन्छ। कुमारी मरियमबाट पवित्र आत्माको माध्यमबाट जन्मनुभएका येशु ख्रीष्टले प्रेम, शान्ति र मुक्तिको सन्देश प्रवाह गर्नुभएको थियो।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार क्रिश्चियन समुदायले यो दिनलाई “प्रेम दिवस,” “शान्ति दिवस,” र “मुक्ति दिवस” का रुपमा मनाउँदै आएका छन्। उहाँले भन्नुभयो, “येशु ख्रीष्टले मानिसलाई प्रेम, शान्ति र मुक्ति दिने सन्देश दिनुभएकोले यी तीन सन्देशको महत्त्वलाई मनाउन क्रिसमस विशेष मानिन्छ।”

पोषण खाजा सम्बन्धि सन्देश

नेपालमा विसं २०६३ देखि क्रिसमस महोत्सवका रुपमा मनाउन थालिएको हो। विसं २०६३ देखि २०७४ सम्म यो दिनलाई सार्वजनिक बिदाको रुपमा मनाइयो। यद्यपि, विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ पछि पुनः सबैलाई सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

जिल्ला वन डोटी

नेपाल ख्रिष्टियन महासङ्घका अनुसार हाल नेपालमा ३५ लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन्। देशभरमा १५ हजारभन्दा बढी चर्च स्थापना भइसकेका छन् भने १३ वटै सम्प्रदायका चर्चहरू सक्रिय छन्।

यस वर्षको क्रिसमस महोत्सव मूल समारोह समितिले काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजना गर्ने जनाएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, र अन्य समुदायका व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा नेपालका प्रमुख सहरहरूमा क्रिसमस ट्रि सजाउन थालिएको छ। विशेषगरी विदेशी पर्यटकलाई आकर्षित गर्न ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका स्थानहरूमा क्रिसमसको विशेष झल्को देखिन्छ। यी स्थानहरूमा येशु ख्रीष्टको जन्मोत्सवका रुपमा क्रिसमस मनाउन व्यापक तयारी भएको छ।

क्रिसमसका अवसरमा प्रेम, शान्ति, र एकताको सन्देशले सम्पूर्ण समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.