बानेश्वर बहुमुखी क्याम्पसमा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप सुरु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीको सर्वांगीण विकासका लागि सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप सुरु गरेको छ। कार्यक्रमको उद्घाटन समारोहमा क्याम्पस प्रमुख प्रा. डा. घमानसिंह खड्काले शारीरिक, मानसिक, र संवेगात्मक विकासका लागि अतिरिक्त क्रियाकलापको महत्त्वलाई जोड दिँदै विद्यार्थीको प्रतिभा उजागर गर्न यस्तो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको बताउनुभयो।

कार्यक्रमअन्तर्गत भलिबल, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरीजवाफ, टेबलटेनिस, म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी, दौडजस्ता प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

डोरी तान्ने प्रतियोगितामा छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले प्रथम स्थान हासिल गर्‍यो भने यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना राई, सुवना खड्का र जानकी कठायतको समूह दोस्रो भयो। छात्रतर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह पहिलो र मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह दोस्रो भए।

लामो दौड प्रतियोगितामा छात्रातर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोस्रो र सुजल सुनुवार तेस्रो भए। छात्रातर्फ सुनिता साउँद पहिलो, झरना राई दोस्रो र अप्सरा राई तेस्रो स्थानमा रहे।

म्युजिकल चेयर प्रतियोगितामा छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। छात्रतर्फ टेक बहादुर थापा मगर पहिलो, सुदीप श्रेष्ठ दोस्रो र सन्तोष कार्की तेस्रो भए।

कार्यक्रम आगामी पौष १६ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले यस कार्यक्रमले विद्यार्थीको प्रतिभा विकास गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.