पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातले चिसो बढ्ने अनुमान

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

शुक्रबार बेलुकी पश्चिमबाट प्रवेश गरेको पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूमा गए रातिदेखि वर्षा र हल्का हिमपात भइरहेको छ।

जिल्ला वन डोटी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली, र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरूमा हल्का हिमपात भएको छ। आज सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ, साथै कर्णाली, कोशी, गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा पनि हल्का पानी पर्ने अपेक्षा गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली भेगहरूमा, विशेष गरी गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा मध्यम हिमपातको पनि सम्भावना छ।

मौसमविद्ले भोलि दिउँसोबाट मौसममा सुधार आउने र पानी पर्न रोकिएपछि चिसो थप बढ्ने संकेत दिएका छन्। यसकारण, चिसोबाट बच्न र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.