डोटीमा अडियो बडापत्रको सुरुवात, सुदूरपश्चिममा पहिलो अभ्यास

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी: जिल्ला मालपोत कार्यालय डोटीले सेवाग्राहीहरूको सहजताका लागि अडियो बडापत्रको सुरुवात गरेको छ। मंगलबारबाट सुरु गरिएको यो अभ्यास सुदूरपश्चिम प्रदेशमा पहिलोपटक गरिएको हो। अडियो बडापत्रमा स्थानीय डोटेली भाषा प्रयोग भएकाले यसले सेवाग्राहीहरूलाई अझ बढी लाभान्वित गर्ने विश्वास गरिएको छ।

जिल्ला वन डोटी

कार्यालयमा आउने सेवाग्राहीहरूलाई सेवा प्रवाह र प्रक्रिया सम्बन्धी जानकारी दिनका लागि निरन्तर रूपमा डोटेली भाषामा अडियो बजिरहने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीहरूको ध्यान केन्द्रित गर्दै सेवा लिन थप सहज बनाउने अपेक्षा गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

मालपोत कार्यालय डोटीका सूचना अधिकारी सिद्धराज श्रेष्ठका अनुसार अडियो बडापत्र विशेषगरी सामान्य पढाइ लेखाइ गर्न नसक्ने वा नेपाली भाषा नबुझ्ने सेवाग्राहीहरूको लागि प्रभावकारी हुने बताइएको छ। “हाम्रो कार्यालयमा धेरैजसो सेवाग्राहीहरूको शैक्षिक स्थिति फरक छ। अडियो बडापत्रले यस्तो अवस्थामा ठूलो सहयोग गर्नेछ,” श्रेष्ठले बताए।

यो अभ्यास मितेलिखित बडापत्रभन्दा प्रभावकारी हुने र सेवाग्राहीसँगको संवादलाई थप सहज बनाउने उद्देश्यले सुरु गरिएको हो। कार्यालयले अडियो बडापत्र स्थानीय भाषामा तयार पारेको हुँदा यो नौलो अभ्यास प्रभावकारी हुनेमा कार्यालय विश्वस्त छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.