दिपायल सिलगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पद्य पब्लिकको लगातार पाँचौं पटक वर्चस्व

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

सिलगढी। डोटीको दिपायल सिलगढी नगरपालिकामा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पद्य पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय, सिलगढीले उपाधि जितेको छ।

प्रतियोगितामा २२ स्वर्ण, १२ रजत र ३ कांस्यसहित कुल ३७ पदक प्राप्त गर्दै पद्य पब्लिक यसवर्ष पनि प्रथम स्थान ओगट्न सफल भएको हो। यो विद्यालयले लगातार पाँचौं पटक नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जित्ने कीर्तिमान राखेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

विद्यालयका प्रधानाध्यापक केशबराज ओझाले आफ्नो फेसबुकमार्फत सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई बधाई र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। साथै, सफलतामा साथ दिने प्रशिक्षक, सहकर्मी, र शुभचिन्तकहरूलाई धन्यवाद दिँदै विद्यालयको निरन्तर प्रगतिको लागि सबैको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

प्रतियोगितामा दिल्पेश्वर माध्यमिक विद्यालयले दोस्रो स्थान ओगट्न सफल भयो भने तेस्रो स्थानमा सहिद स्मृति आवासीय मावि र चौथो स्थानमा सुजङ बोर्डिङ स्कुल रह्यो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद क्षेत्रको विकास र विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिन्छ। प्रतियोगिताले विद्यालयहरूबीच प्रतिस्पर्धात्मक भावना र खेलकुदप्रतिको आकर्षणलाई बढाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.