दिपायलमा टपटेन मोबाइल ग्यालरीको शाखा विस्तार

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

दिपायलमा टपटेन मोबाइल ग्यालरीले आफ्नो नयाँ शाखा विस्तार गरेको छ। करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यो पसलको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

टपटेन मोबाइल ग्यालरीका प्रोपाइटर प्रेम बिष्टका अनुसार, यो पसलले ग्राहकलाई अत्याधुनिक सेवासहित नयाँ-नयाँ मोबाइल, मोबाइल मर्मत, र तालिम उपलब्ध गराउँदै आएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

नयाँ शाखाले नागरिकता लिएर मात्र ४०% रकम अग्रिम भुक्तानी गरी मासिक किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिने सुविधा प्रदान गरिरहेको छ। यो सेवा तुलनात्मक रूपमा सरल र प्रभावकारी रहेको बिष्टको दाबी छ।

नयाँ पसल सत्कार होटलसँगैको सेन्टरमा रहेको हुँदा ग्राहकलाई अझ सजिलो भएको छ। नयाँ शाखा उद्घाटनसँगै पुरानो पसल पनि निरन्तर सञ्चालनमा रहेको जानकारी गराइएको छ।

टपटेन मोबाइलले दिपायल क्षेत्रमा विगत १२ वर्षदेखि मोबाइल र त्यससँग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरूले अब थप सेवा र सुविधाहरूको अनुभव गर्न सक्ने संचालकले जनाएका छन।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.