यू-१९ महिला टी-२० विश्वकपमा नेपाल आज स्कटल्याण्डविरुद्ध खेल्दै

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ। खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे मलेसियामा सुरु हुनेछ।

विश्वकपमा डेब्यू गरेको नेपालले पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटको हार बेहोरेको थियो। ५३ रनको झिनो लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

नेपाल समूह ‘डी’मा बङ्गलादेश, स्कटल्याण्ड, र अस्ट्रेलियासँग रहेको छ। सुपर-६ चरणमा स्थान बनाउन नेपालले कम्तीमा एक खेल जित्नुपर्नेछ। आजको खेल नेपालका लागि महत्त्वपूर्ण मात्र नभई सुपर-६ मा प्रवेशको अवसरका रूपमा पनि हेरिएको छ।

नेपाली टोलीले पहिलो खेलमा बलिङतर्फ राम्रै प्रदर्शन गरे पनि ब्याटिङमा सुधारको आवश्यकता देखिएको छ। विशेषगरी शीर्षक्रमका ब्याटरहरूलाई जिम्मेवार पारी खेल्नुपर्ने दबाब छ। स्कटल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगिताको पहिलो जित दर्ता गर्ने अपेक्षा गरिएको छ।

आजको खेलमा जित हात पार्न सके नेपालले आफ्नो विश्वकप यात्रालाई अझै रोचक बनाउनेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.