

✍️कैलास गिरी,अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश सदस्य
सगै पढेर हुर्कियाका साथि भाई सम्झन्छु
साथी भाई मध्ये अभागी आफुलाई सम्झन्छु ।
कसै असफल भयको बिगत सोद्यो भने
सबै भन्दा पहिले मैले मेरो पढाई सम्झन्छु ।
अहिले सम्म मैले पाए को दु ख भन्दा ठुलो
म जन्मिदा आमाले पाए को दुखाई सम्झन्छु ।
बलापनमा सबै भन्दा खुसि को कुरा गर्नु पर्दा
घर मा पाउना ले ल्याइदियको मिठाई सम्झन्छु ।
सहरमा गाडीहरु को आवाज ले दिक्क लाक्दा
गाउगोठ मा कराउने गाईभैसी बाख्रा सम्झन्छु।



