सुदूरपश्चिममा चौथो हेलिटुर, दुई सय पर्यटकले खप्तड र बडिमालिका हेर्ने बिश्वास

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा आजदेखि हेलिटुर आयोजना गरिएको छ। आयोजकले यस वर्ष दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य राखेका छन्। यो प्रदेशमा धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न हेलिटुर आयोजना गरिएको यो चौथो पटक हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पण्डेयले हेलिटुर र महोत्सवको उद्घाटन गर्ने आयोजकले जनाएका छन्। महोत्सव साताैँ साफेबगर महोत्सव २०८१ का अवसरमा लायन्स क्लब अफ साफेबगरको आयोजनामा खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सको व्यवस्थापनमा फागुन ११ गतेदेखि सुरु भएको हो।

जिल्ला वन डोटी

खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काका अनुसार हिउँदे सिजनमा पर्यटक भित्र्याउन हेलिटुर महत्वपूर्ण माध्यम बन्ने विश्वास लिइएको छ। हिमपातका कारणले यो सिजनमा प्रायः पर्यटकको चहलपहल न्यून हुने भएकाले यस क्षेत्रलाई सक्रिय बनाउन हेलिटुर आयोजना गरिएको हो।

महोत्सवका संयोजक कृष्ण कुँवरले महोत्सवको मुख्य आकर्षणको रूपमा हेलिटुर रहने जानकारी दिए। उनका अनुसार अछाम र बाजुराका धार्मिक तथा ऐतिहासिक स्थलहरू—बडिमालिका, खप्तड, रामारोशन र बैद्यनाथ क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न हेलिटुर प्रभावकारी हुने अपेक्षा गरिएको छ।

महोत्सव अवधिमा साँफेबगरबाट हेलिकोप्टरमार्फत खप्तड, बडिमालिका र रामारोशन क्षेत्रको दर्शन गरिनेछ। खप्तड जाने यात्रुको लागि प्रतिव्यक्ति शुल्क २२ हजार रुपैयाँ र बडिमालिका तथा रामारोशन जाने यात्रुको लागि २५ हजार रुपैयाँ निर्धारण गरिएको महोत्सवका प्रवक्ता महेश कुँवरले जानकारी दिए।

यो पहलले सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.