केआई सिंह गाउँपालिका-५ मा शैक्षिक सुधारका लागि ‘विद्यालयसँग वडाध्यक्ष’ कार्यक्रम

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी -विद्यार्थी ड्रपआउटलाई शून्यमा झार्ने, शैक्षिक गुणस्तर सुधार गर्ने, सिकाइ उपलब्धि वृद्धि गर्ने र विद्यालय र स्थानीय सरकारबीच सहकार्य स्थापित गर्ने उद्देश्यले केआई सिंह गाउँपालिका वडा नं. ५ मा ‘विद्यालयसँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष दुर्गा सिंह रावलको पहलमा श्री सरस्वती मावि रानागाउँको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा वडाका सबै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति (बिब्यस) का अध्यक्ष र शिक्षक अभिभावक संघका प्रतिनिधिहरू सहभागी भएका थिए।

जिल्ला वन डोटी

वडा अध्यक्ष रावलले शिक्षकहरूले शिक्षण सामग्रीको उपयोगमा सहजता पाउन भनेर प्रत्येक शिक्षकलाई झोला, डायरी र डटपेन वितरण गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयको समग्र विकासका लागि सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले सामूहिक प्रयासमार्फत शैक्षिक सुधार र विद्यार्थीहरूको प्रगति सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमले विद्यालय र स्थानीय सरकारबीचको समन्वयलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.