जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, माघ १६ – जोरायल गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। प्रतियोगिता माघ १६ गतेदेखि १९ गतेसम्म रामपुर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ।

जिल्ला वन डोटी

गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराँते र कबड्डी खेल समावेश छन्।

पोषण खाजा सम्बन्धि सन्देश

प्रतियोगिताको उद्घाटन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा ले खेलकुद विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले खेलले अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। साथै, गाउँपालिकाले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष , वडा अध्यक्षहरू,विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी , खेलकुद पदाधिकारी, खेल प्रशिक्षक, सुरक्षाकर्मी, पत्रकार,  विद्यालयका प्रधानाध्यापक ,शिक्षक तथा खेलाडी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.