आज सोनाम ल्होछार, तामाङ समुदायमा हर्षोल्लास

मन्त्रालय सन्देश १

काठमाडौं – तामाङ लगायत हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होछार २८६१ आजदेखि सुरु भएको छ।

सोनाम ल्होछार “ल्हो” (वर्ग/वर्ष) र “छार” (नयाँ) शब्दको संयोजन हो, जसको अर्थ नयाँ वर्ष भन्ने हुन्छ। तामाङ, ह्योल्मो लगायतका समुदायले चान्द्रमान पात्रो अनुसार माघ शुक्ल प्रतिपदाका दिन ल्होछार मनाउने परम्परा रहिआएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सोनाम ल्होछार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ। विशेषगरी तामाङ समुदायले कम्तीमा पाँच दिनसम्म यो पर्व उल्लासपूर्वक मनाउने गर्छन्। घर–घरमा भव्य रूपमा पूजा, शुभकामना आदान–प्रदान, आशीर्वाद ग्रहण, सांस्कृतिक नृत्य, सामूहिक भोज जस्ता कार्यक्रम आयोजना गरिन्छ।

ल्होछारको अवसरमा गुम्बाहरूमा विशेष पूजा तथा छो प्रसाद वितरण गरिन्छ। मान्यजनहरूबाट आशीर्वाद लिने, ईष्टमित्र भेटघाट गर्ने, चेलीबेटीलाई बोलाउने तथा सार्वजनिक स्थानहरूमा दर्ज्यू गाड्ने परम्परा रहिआएको छ।

नेपाल सरकारले पनि सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.