
चर्चित गायिका मेलिना राई र गायक सागर आले मगरको स्वरमा रहेको नयाँ गीत ‘हजुरैको हुकुम’ यही शुक्रबार दिउँसो ४:४४ बजे सार्वजनिक हुँदैछ। गीत नवीन कुमार शाही नामक युट्युब च्यानलमार्फत रिलिज गरिनेछ।

गीतमा नवीन कुमार शाहीको शब्द र लेखु सहयात्रीको संगीत रहेको छ। जुना विश्वकर्मा र बिजय पुन फिचर्ड रहेको भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने सन्देश बिकले सहायक निर्देशन गरेका छन्। भिडियोको छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन्।

लोकभाकाको स्वाद रहेको गीतलाई पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन्। गीतमा श्यामश्वेत रसाईलीको मिक्सिङ/मास्टरिङ, रत्न विकको बाँसुरी, हेमन्त कान्छा रसाईलीको सारंगी, पोषण घर्ती मगरको मादल, समिर जैरुको सहनाई तथा पुरस्कार खड्काको गिटार वादन समावेश गरिएको छ।



