आर.एन.बी.एस. कलेजको दोस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

धनगढी स्थित आर.एन.बी.एस. कलेजको दोस्रो वार्षिक उत्सव आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियो।

पूर्व मुख्यमन्त्री भट्टले आर.एन.बी.एस. कलेजले सुदूरपश्चिममा न्यून शुल्कमा प्राविधिक शिक्षा प्रदान गरिरहेको प्रयासको प्रशंसा गर्दै प्राविधिक शिक्षाको पहुँचलाई अझ विस्तारित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सर्वसाधारण अभिभावकका बालबालिकाले कम लागतमा गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कलेज २०७९ मा स्थापना गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशी, अमित श्रेष्ठ र नारायण जोशी रहनुभएको थियो। चर्चित क्रिकेट खेलाडीहरूको आगमनले विद्यार्थीहरूलाई निकै उत्साहित बनाएको थियो। खेलाडीहरूले आफ्नो कष्टकर यात्रा, संघर्ष, अनुशासन र परिश्रमको महत्वबारे प्रेरणादायी सन्देश दिएका थिए।

कार्यक्रममा सुदूरपश्चिमका सांस्कृतिक प्रस्तुति, विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूको सम्मान, प्रेरणादायी अनुभव आदानप्रदान जस्ता विविध कार्यक्रमहरू समावेश थिए। राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई प्रमाणपत्र, दोसल्ला तथा फूलमालासहित सम्मान गरिएको थियो।

सिभिल इन्जिनियरिङ (जियोमेट्रिक) को पठनपाठन भइरहेको कलेजमा निकट भविष्यमा फार्मेसी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष खगेन्द्र बहादुर साउद (केबी) ले बताउनुभयो।

कार्यक्रमको सञ्चालन कोअर्डिनेटर दिपेन्द्र ओझा र प्रिन्सिपल धनुश भट्टले गर्नुभएको थियो भने कलेजका म्यानेजिङ डाइरेक्टर प्रभात साउदले समापन गर्नुभएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.