इम्बार्क कलेज र एभेन्टिस ग्र्याजुएट स्कूलबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको समझदारी

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौं । सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र पुल्चोकस्थित इम्बार्क कलेजबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार दुवै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, व्यवस्थापनसम्बन्धी अनुसन्धानात्मक सहकार्य, उद्यमशीलता प्रवर्द्धन, उद्योगसँगको सहकार्य, र छोटो अवधिका विशेष पाठ्यक्रम सञ्चालन गरिनेछ। साथै, जेनेरेटिभ एआई प्रविधिको अध्ययन र प्रयोगलाई समेत प्राथमिकता दिइनेछ। समझदारी पत्रमा इम्बार्क कलेजका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक आशिष ठाकुर र एभेन्टिस ग्र्याजुएट स्कूलका जेनेरल म्यानेजर सामुएल टियोले हस्ताक्षर गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

यस सम्झौताले विद्यार्थीहरूलाई उद्यमशीलता विकासका लागि इन्क्युबेटर, एक्सलरेटर, र परामर्श अवसरहरू उपलब्ध गराउनेछ। साथै, अनुसन्धान केन्द्र स्थापना, नवाचार प्रयोगशालाको विकास, र उद्योग साझेदारी विस्तार गर्न दुवै संस्थाले सहकार्य गर्नेछन्।

सम्झौता हस्ताक्षर समारोहमा इम्बार्क कलेजका प्रमुख कार्यकारी अधिकृत ठाकुरले यस सहकार्यले अनुसन्धानात्मक कार्यका नयाँ सम्भावनाहरू खोल्ने बताउँदै, दीर्घकालीन साझेदारी आवश्यक रहेकोमा जोड दिए। उनले यो समझदारी नेपाल र सिंगापुरबीच ज्ञान आदानप्रदान गर्दै विद्यार्थी र शिक्षकहरूका लागि अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उल्लेख गरे।

इम्बार्क कलेजले बेलायतको युनिभर्सिटी अफ रोहम्पटनसँग साझेदारीमा चार वर्षे बीएस्सी बी.एम. र दुई वर्षे एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापीकरणलाई ध्यानमा राख्दै गरिएको यो सहकार्यले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.