कैलाली भिजन बोर्डिङ स्कुलको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-६, कठौती, बनबेहडा, कैलालीस्थित कैलाली भिजन बोर्डिङ स्कुलको २०औँ वार्षिकोत्सव विद्यालय प्रांगणमा विविध सांस्कृतिक कार्यक्रमसहित मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक ध्वज बहादुर बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका-६ का वडा अध्यक्ष टेक बहादुर कुँवर रहनुभएको थियो। विशिष्ट अतिथि डेउडा गायक सुरत रावत रहनुभएको सो कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति सचिव हेमन्तराज जोशी (बाजे), बिणा विद्या मन्दिरका प्रधानाध्यापक दल बोगटी, अमर माविका प्रधानाध्यापक उजिरसिं कुँवर, रानिफाँटा सामुदायिक वनका अध्यक्ष चक्र बोगटी, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गणेश उपाध्याय, बनबेहडा खानेपानी तथा सरसफाइ समिति अध्यक्ष बहादुर खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

बोल्ने वक्ताहरूले विद्यालयले छोटो समयमा नै अभिभावकहरूको मन जित्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो। बनबेहडा आसपासका क्षेत्रमा निजी तथा सामुदायिक विद्यालयहरू भएको अवस्थामा कैलाली भिजन बोर्डिङ स्कुलले ५३५ भन्दा बढी विद्यार्थी भर्ना गराउनु उल्लेखनीय उपलब्धि भएको बताइएको थियो।

जिल्ला वन डोटी

यस्तै, विद्यालयमा विद्यार्थी पठाएपछि अभिभावकहरूले आफ्ना सन्तानप्रति चासो नदेखाउँदा शैक्षिक गुणस्तरमा केही ह्रास आएको भन्दै वक्ताहरूले अभिभावकलाई सचेत हुन आग्रह गर्नुभयो। बिद्यार्थीको शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै, विद्यालय प्रशासन, शिक्षक र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताइएको थियो।

वि.सं. २०६२ सालमा स्थापना भएको कैलाली भिजन बोर्डिङ स्कुलमा हाल ५३५ विद्यार्थी अध्ययनरत छन्, भने २३ जना शिक्षक-शिक्षिका कार्यरत छन्। विद्यालयको आफ्नै पक्की भवन रहेको छ भने यसै शैक्षिक सत्रदेखि कक्षा ९ को पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक ध्वज बहादुर बोगटीले जानकारी दिनुभयो।

वार्षिकोत्सव समारोह अन्तर्गत विद्यालयले आयोजना गरेका हाजिरीजवाफ, दौड, फुटबल प्रतियोगिता लगायतका खेलकुद कार्यक्रमका विजयी विद्यार्थीहरूलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा विद्यालयकी शिक्षिका पशुपति बमले स्वागत मन्तव्य दिनुभएको थियो भने, विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन शिक्षक ललित कार्कीले गर्नुभएको थियो।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको यो कार्यक्रम विद्यालयको शैक्षिक र सांस्कृतिक उपलब्धिको परिचायक बनेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.