विश्व रेडियो दिवस आज विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदै

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौं – आज फाल्गुन १ गते विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी विश्व रेडियो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको आह्वानमा यस वर्ष रेडियो दिवस जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने लक्ष्यसहित मनाइँदै छ।

जिल्ला वन डोटी

सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउने प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले २०१२ मा अनुमोदन गरेपछि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

रेडियो लोकतान्त्रिक बहसका लागि शक्तिशाली माध्यम मानिन्छ। विश्वभर सबैभन्दा बढी श्रोता हुने रेडियोले समाजको विविधता र एकता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विपत्ति, प्राकृतिक प्रकोप वा दुर्गम क्षेत्रका सर्वसाधारणको सूचना स्रोतको रूपमा रेडियो प्रभावकारी देखिएको छ।

सूचना, मनोरञ्जन र शिक्षा प्रदान गर्ने रेडियोले समाजमा सकारात्मक संवादलाई बढावा दिँदै सामाजिक परिवर्तनमा योगदान पुर्याएको छ। यसै कारण रेडियो आज पनि विश्वव्यापी रूपमा लोकप्रिय र प्रभावकारी संचार माध्यमका रूपमा स्थापित छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.