शिक्षा र समाजसेवाको संगम: जोरायल ६ नम्बर वडामा अध्यक्ष बोहराको जन्मदिन विशेष

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । डोटीको जोरायल गाउँपालिका-६ का वडा अध्यक्ष गणेश बहादुर बोहराले आफ्नो ४० औं जन्मदिन वडा स्तरीय विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेर मनाएका छन्। उक्त कार्यक्रम केदार मावि खसरेमा प्रजातन्त्र दिवसको अवसरमा बुधबार सम्पन्न भएको हो।

हाजिरीजवाफ प्रतियोगितामा वडा भित्रका ११ वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा त्रीशुलडाँडा आधारभूत विद्यालयले प्रथम स्थान हासिल गर्‍यो भने, सरस्वती आधारभूत विद्यालय दोस्रो र दुर्गा मावि तृतीय भए। कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। वडा अध्यक्ष बोहराले केदार माविलाई संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नका लागि विशेष पोशाकसमेत प्रदान गरे।

जिल्ला वन डोटी

यश बर्षको कार्यक्रममा करिव ३२ हजार बराबरको शिक्षा क्षेत्रका कार्यक्रममा खर्च गरेका वडा अध्यक्ष बोहराले आफ्नो जन्मदिन हरेक वर्ष सामाजिक कार्यमार्फत मनाउँदै आएका छन्। अघिल्लो वर्ष उनले निरौली स्वास्थ्य चौकीलाई विभिन्न औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरेर जन्मदिन मनाएका थिए भने त्यसअघिको वर्ष अनाथालयमा जन्मदिन मनाएका थिए।

अध्यक्ष बोहरा पूर्व शिक्षकसमेत भएका कारण शिक्षाक्षेत्रको विकासमा निरन्तर योगदान दिँदै आएका छन्। गाउँपालिका अध्यक्ष ओझाले पनि शिक्षाक्षेत्रको प्रवर्द्धनमा वडा अध्यक्ष बोहराको योगदान प्रशंसनीय रहेको बताए। उनले यस्ता गतिविधिले विद्यार्थीलाई सिर्जनशील र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा राखे।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने, “वडा अध्यक्ष बोहराले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु प्रशंसनीय छ। यस किसिमका क्रियाकलापले विद्यार्थीहरूलाई शिक्षाप्रति थप उत्साहित बनाउनेछ र शिक्षाको महत्व बढाउनेछ। गाउँपालिकाले यस्ता शैक्षिक कार्यक्रमहरूलाई सधैं प्रोत्साहन गर्नेछ।”

वडा अध्यक्ष बोहराले भने, “शिक्षा भनेको समाजको मेरुदण्ड हो। विद्यार्थीहरूलाई सिर्जनशील बनाउन, ज्ञान प्राप्त गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन यस्ता कार्यक्रमहरू आवश्यक छन्। मेरो जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मनाउनु मेरो व्यक्तिगत सन्तुष्टि मात्र होइन, समाजप्रति मेरो जिम्मेवारी पनि हो। भविष्यमा पनि म शिक्षाक्षेत्रको उन्नयनका लागि यस्तै कार्यक्रमहरू सञ्चालन गर्न निरन्तर लागिरहनेछु। शिक्षा मात्र होइन, स्वास्थ्य, संस्कृति र सामाजिक सेवाका क्षेत्रमा पनि मेरा प्रयासहरू निरन्तर रहनेछन्।”

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.