प्रभात माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी। डोटीको आदर्श गाउँपालिका–४ स्थित प्रभात माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार भव्य रूपमा सम्पन्न भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रकाश देउवा रहनुभयो।

प्रमुख अतिथि देउवाले विद्यालयको समग्र विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै, विशेष गरी डोटीबाट निर्वाचित जनप्रतिनिधिहरूले माध्यमिक विद्यालयहरूको भविष्यप्रति गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

जिल्ला वन डोटी

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर, पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्का र उपाध्यक्ष लक्ष्मी रोकाय लगायत शिक्षा क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरू, विद्यालयका अभिभावक तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहभागी रहनुभएको थियो।

कार्यक्रममा चर्चित कलाकार भुवन दाहालले देउडा गीत प्रस्तुत गरी मनोरञ्जन गराउनुभएको थियो भने विद्यार्थीहरूले नृत्य, गजल वाचन, सन्देशमूलक नाटकलगायत विविध प्रस्तुति दिएका थिए।

उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै वार्षिकोत्सव सफल बनाउन योगदान दिएका सामाजिक व्यक्तित्वहरूलाई प्रमुख अतिथि देउवाले सम्मान गर्नुभएको थियो। यस अवसरमा विद्यालयका प्रधानाध्यापक पुस्पराज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

संयोगवश, सोही दिन परेको प्रजातन्त्र दिवस २०८१ को अवसर पारेर उपस्थित अतिथिहरूले देशका लागि बलिदान दिने स्थानीय तथा राष्ट्रिय शहीदहरूको सम्मान गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.