पेन्सनबाट वञ्चित शिक्षकहरूको जोरायल गाउँपालिका स्तरीय समिति गठन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – पेन्सनबाट वञ्चित शिक्षकहरूको जोरायल गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ। जोरायल गाउँपालिकाको रावतकट्टेमा आज बसेको भेलाले टेकेन्द्र छेडालको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ।

जिल्ला वन डोटी

समितिको उपाध्यक्षमा केशब उपाध्याय र ममता टमटा, सचिवमा धनबहादुर ओली, सहसचिवमा सुनिता कुमारी सेटी, र कोषाध्यक्षमा विष्णुराज भट्ट चयन भएको समितिले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

समितिका अध्यक्ष टेकेन्द्र छेडालले पेन्सनबाट वञ्चित शिक्षकहरूको अधिकार सुनिश्चित गर्न समिति क्रियाशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यबाट आफ्ना अधिकार प्राप्त गर्न निरन्तर संघर्ष जारी राख्ने बताए।

समितिले पेन्सनबाट वञ्चित शिक्षकहरूको हकहितका लागि विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै, गाउँपालिकाभर हालसम्म ६४ जना पेन्सनबाट वञ्चित शिक्षकहरूको अभिलेखिकरण गरिएको समितिले जानकारी दिएको छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.