अपाङ्गता अधिकार नीतिगत व्यवस्था र स्क्रिनिङ एप्स सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी – डोटीको जोरायल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग अपाङ्गता अधिकार नीतिगत व्यवस्था र स्क्रिनिङ एप्स सम्बन्धी एक दिने छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने परिचय पत्रलाई व्यवस्थित गर्न स्क्रिनिङ एप निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जोरायल गाउँपालिकाले जनाएको छ।

छलफल कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, सेवा सुविधा कार्यान्वयनमा दुर्गम क्षेत्रमा चुनौती रहेको सहभागीहरूले बताएका छन्। भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई अपाङ्गता वर्गीकरण, उमेर समूह र आवश्यक कागजातबारे जानकारी नहुँदा परिचय पत्र प्राप्त गर्न कठिनाइ हुने गरेको सहभागीहरूको भनाइ थियो। स्क्रिनिङ एप्सले आवश्यक सबै सूचकहरू समेटेको हुँदा कागजात सम्बन्धी झन्झट हटाउने विश्वास व्यक्त गरिएको छ।

जिल्ला वन डोटी

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले स्क्रिनिङ एप्स मोबाइलबाट जहाँसुकै सञ्चालन गर्न सकिने भएकाले दुर्गम क्षेत्रका स्थानीय तहलाई काम गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले गाउँपालिकाका सबै वडाहरूमा इन्टरनेट पहुँच रहेकोले वडाबाटै काम गर्न सकिने र अब कागजात बोकेर हिँड्न नपर्ने बताए।

छलफल कार्यक्रम जोरायल गाउँपालिकाको समन्वय तथा सहकार्यमा, युरोपियन युनियन, संयुक्त राष्ट्रसंघको आर्थिक सहयोग, सामाजिक सुरक्षा समाज र निड्स नेपालको आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा अपाङ्गता अधिकार नीतिगत व्यवस्था र स्क्रिनिङ एप्स सञ्चालनको महत्वबारे सि.डब्लु.आई.एस.एच.का कार्यक्रम संयोजक उमंग मैनाली र युनिसेफका प्रकाश आचार्यले सहजीकरण गरेका थिए।

जोरायल गाउँपालिकाको हलमा सम्पन्न कार्यक्रम गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रमको सञ्चालन निड्स नेपालका शिव सार्कीले गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, सूचना प्रविधि अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, अपाङ्गता अधिकार व्यवस्थापन सञ्जालका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.