डोटीमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बिपीनगरमा हुने

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी – यस वर्षको १५औं डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बडीकेदार गाउँपालिका–१, बिपीनगरमा फागुन १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।

यसअघि जिल्ला सदरमुकाम र केही सुगम पालिकामा मात्रै सीमित रहँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस पटक पहिलो पटक बडीकेदार गाउँपालिकामा आयोजना गर्न लागिएको हो। प्रतियोगिता आफ्नै क्षेत्रमा आयोजना हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार डोटी जिल्ला खेलकुद समितिको आयोजनामा हुने यो प्रतियोगिता फागुन ११ गते सञ्चालन गर्ने तय भए पनि विविध कारणले केही ढिलाइ भएको जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहका टिमलाई सहभागी गराउन आग्रह गरिएको छ। प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

डोटी जिल्ला खेलकुद समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ। स्थानीय तहसँगको समन्वयमा प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गरिने आयोजकको भनाइ छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.