म्यानमारले फोर नेसन्स वूमन्स च्याम्पियनसिपको उपाधि जित्यो

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं – म्यानमारले फोर नेसन्स वूमन्स च्याम्पियनसिपको उपाधि आफ्नो नाममा लेखाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमार च्याम्पियन बन्यो।

म्यानमारको जितमा यु पर खिन र कप्तान विन थेङ्गी तुनले गोल गरे। खेलको ६२औं मिनेटमा खिनले पहिलो गोल गरिन्। नेपाली डिफेन्सलाई बिट गर्दै उनले लेफ्ट साइडबाट प्रहार गरेको बल सिधै पोस्टभित्र छिर्यो। नेपालकी गोलकिपर एन्जिला सुब्बा बल रोक्न असफल भइन्।

पोषण खाजा सम्बन्धि सन्देश

म्यानमारले खेलको ६४औं मिनेटमा अग्रता दोब्बर पार्‍यो। कप्तान विन थेङ्गी तुनले प्रहार गरेको बल नेपालका डिफेन्डरलाई लागेर गोलमा परिणत भयो।

जिल्ला वन डोटी

पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि दोस्रो हाफमा म्यानमारले खेलमा पकड जमायो। खेलको २४औं मिनेटमा म्यानमारले अग्रता लिने अवसर गुमायो। म्यानमारकी सान थले प्रहार गरेको बललाई नेपालकी डिफेन्डर बिमला बिकले गोललाइनबाट क्लियर गरिन्।

नेपालले पनि केही अवसर सिर्जना गरेको थियो। ३४औं मिनेटमा रेखा पौडेलको पासमा साबित्रा भण्डारी र सरु लिम्बुले प्रहार गरे पनि बल म्यानमारकी खेलाडीमा लागेर बाहिरियो। ५५औं मिनेटमा साबित्राको हेडिङ पोस्टभन्दा थोरै बाहिर गएको थियो।

इन्जुरी समयमा नेपाललाई गोल गर्ने सुनौलो मौका मिलेको थियो। तर, साबित्राले प्रहार गरेको फ्रीकिकलाई म्यानमारकी गोलकिपर म्यो म्या म्या नेविनले पन्च गरेर बाहिर पठाइन्।

खचाखच भरिएको रंगशालामा १५,५६८ दर्शकको उपस्थितिमा नेपालले पुनः उपाधि जित्ने मौका गुमायो। १२ पटक विभिन्न प्रतियोगिताको फाइनल खेलेको नेपाल यसपटक पनि उपविजेतामै सीमित रह्यो।

फोर नेसन्स वूमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारसँगै किर्गिस्तान र लेबनानको सहभागिता रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.