डोटीमा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मन्त्रालय सन्देश १

डोटी । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बडीकेदार गाउँपालिका–१, बीपी नगरमा सञ्चालन भइरहेको १५औं डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नुभएको छ।

जिल्ला वन डोटी

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले खेलकुद शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्तो प्रतियोगिताले स्थानीय स्तरमा लुकेका प्रतिभा पहिचान गर्न र युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

आजदेखि तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा डोटी जिल्लाका सबै ९ वटा स्थानीय तहका खेलाडीहरू सहभागी भएका छन्। विभिन्न खेल विधाहरू समेटिएको प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा विकास र खेलकुदप्रति उत्साह बढाउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.