
डोटी । डोटीको बडिकेदार गाउँपालिका–१, बी.पी. नगरको केदार सूर्य बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जोरायल गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। फागुन १७ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा डोटीका नौवटा स्थानीय तहको सहभागिता रहेको थियो।

प्रतियोगितामा जोरायल गाउँपालिकाले १७ स्वर्ण, १८ रजत र ९ काँस्य पदक गरी कुल ४४ पदक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ। त्यस्तै, दिपायल सिलगढी नगरपालिकाले १० स्वर्ण, ३ रजत र १२ काँस्य पदक गरी २५ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो।
शिखर नगरपालिकाले ७ स्वर्ण, ७ रजत र ५ काँस्य पदक सहित १९ पदक आदर्श गाउँपालिकाले ७ स्वर्ण, २ रजत र ४ काँस्य पदक गरी १३ पदक बडिकेदार गाउँपालिकाले ४ स्वर्ण, १४ रजत र ९ काँस्य पदक गरी २७ पदक , के.आई.सिंह गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र ५ काँस्य पदक गरी १५ पदक प्राप्त गरेको छ।
त्यसैगरी बोगटान फुडसिल गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १ काँस्य पदक गरी ७ पदक , पूर्वीचौकी गाउँपालिकाले १ स्वर्ण र ४ काँस्य पदक गरी ५ पदक र सायल गाउँपालिकाले १ रजत र २ काँस्य पदक गरी ३ पदक जितेको छ।प्रतियोगितामा जम्मा ५४ स्वर्ण, ५३ रजत र ५१ काँस्य पदक वितरण गरिएको थियो।



