लाखे जात्रको अबसरमा सम्बाददाता तेज डुम्रेलले नेवागढी कला केन्द्र सिलगढीका अध्यक्ष सिद्धान्त श्रेष्ठ संग गर्नुभएको कुराकानी

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

नमस्कार !तपाईँको शुभ नाम संगै संस्थामा तपाईंको  जिम्मेवारी के छ ?
नमस्कार !मेरो नाम सिद्धान्त श्रेष्ठ हो ।  म चाहिँ यस संस्थाको अध्यक्ष हो ।हाम्रो संस्थाको नाम श्री नेवागढी कला केन्द्र सिलगढी रहेको छ ।

यो संस्था कहिले स्थापना भएको हो ?
हाम्रो संस्था चाहिँ बि स २०८० सालमा स्थापना भएको हो ।

तपाईंको संस्थाले के के काम गर्छ?
हाम्रो संस्थाले च गरिब पीडित र दुःखमा भएका मान्छेहरुलाई अगाडि बढाउनको लागि मद्दत गर्छ।

तपाईँहरूलाई अहिले म फरक नृत्य गरिरहेको देख्दै छु खास यो कुन नृत्य हो?
यो चाहिँ हाम्रो नृत्य भन्दा पनि हाम्रो परम्परा अनुसार मनाइरहेको लाखे जात्रा हो।

लाखे जात्रामा के के देखाइन्छ?
लाखे जात्रामा भैरवको रूप लाखेलाई भनेर चिनिन्छ र लाखेको नाच देखाइन्छ।

जिल्ला वन डोटी

सुदूरपश्चिममा कुन कुन ठाउँमा लाखे नाच मनाइन्छ?
सुदूरपश्चिममा यो लाखेनाच मनाइने भनेको चाहिँ हाम्रो डोटी जिल्लाको सिलगढीमा मात्रै हो ।

लाखे नाच संरक्षण गर्न के के गर्नुपर्ला?
यो लाखे नाच भन्ने परम्परालाई चाहिँ जोगाउनको लागि हामीले सर्वप्रथम यो हाम्रो नेवार समुदाय मात्र नभएर अन्य सबै नेपालको कला र चिनारी हो भनेर बुझाउन जरुरी छ ।हाम्रो आफ्नै समुदायहरू सबैजना मिलेर एकजुट भएर  हाम्रो कला संस्कृतिलाई जगाउनको लागि मिलेर अगाडि बढ्नुपर्छ ।

तपाईँहरूको संस्थाले आर्थिक सहयोग संकलन गर्छ कि गर्दैन?
यस्तो हो हामीले आर्थिक सङ्कलन गर्न त गर्छौं तर हामीले चाहिँ सरकारबाट चाहिँ नलिएर आफ्नै तर्फबाट आफ्नो कलालाई देखाएर त्यसबाट चाहिँ रकम उठाउँदै दिनदुखीहरुलाई र पीडितहरुलाई सहयोग गर्ने गरेका छौँ।

दिपायल सिलगढीमा कति रकम सहयोग सङ्कलन गर्नुभयो ?
हामीले सङ्कलन त गर्यौ तर यो सङ्कलन गरेको रकमबाट चाहिँ हामीले आफ्नो कलालाई जोगाउनको लागि चाहिने बाजाहरु र सरसामानहरु जुटाउनमा  खर्च गर्यौं। अब बाँकी  पैसा सामाजिक काममा लगाइनेछ ।

तपाईँहरूलाई कुनै सङ्घसंस्थाले सहयोग गरेको छ कि छैन?
खासमा भन्नुपर्दा सबै संस्थाहरूलाई हामीले चिठ्ठी पठाएको र सहयोग  मागेको हो  तर कसैले चाहिँ हामीमाथि ध्यान दिएन र हामीमाथि नकारात्मक सोच राखियो त्यसैले अहिले हामीले आफै  केही गर्न  सोचिरहेका छौं।

अहिले यो ब्यानर देखिरहेको छु यो कुन संस्था हो?
यो चाहिँ हाम्रो सहयोगी नेपाल संस्था हो र यो सहयोगी नेपाल संस्थाकै हामी मुनि बसेर हाम्रो श्री नेवागढी कला केन्द्र सिलगढी सिलगढीमा चलाइरहेका छौं।

महत्वपूर्ण समय दिनुभएकोमा तपाईँलाई धन्यवाद साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना ।
हजुरहरूको अठोट खबरलाई पनि धेरै धेरै धन्यवाद!

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.