एउटै बाजेका नातिनिको समूहद्वारा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबलमा ऐतिहासिक जित

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । डोटी जिल्लाको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जोरायल गाउँपालिकाले छात्रा भलिबलतर्फ स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। १७ गते देखि २० गते सम्म बडिकेदार गाउँपालिका १ बि पि नगरमा संचालित प्रतियोगितामा जोरायल गाउँपालिकाको तर्फबाट रघुनाथ माध्यमिक विद्यालयबाट ६ जना छात्रा र वैकल्पिक रूपमा घण्टेश्वर माध्यमिक विद्यालयकी उर्मिला मगरले प्रतिनिधित्व गरेका थिए।

जिल्ला वन डोटी

फाइनल खेलमा बडिकेदार गाउँपालिकालाई पराजित गर्दै जोरायलका छात्राहरूले डोटी जिल्लामा नयाँ इतिहास रचेका हुन्। विशेष कुरा के छ भने, विजयी टोलीका सबै खेलाडीहरू एउटै परिवार र एउटै गाउँ—जोरायल गाउँपालिका–४, सिराडका हुन्। बाजे, स्व. रुपसिंह पुन मगरका नातिनीहरूले यो गौरवमय जित सम्भव बनाएका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

टोलीमा स्व पुन मगरका छोरा तर्फबाट टीका पुन मगर, खिमा पुन मगर, रोसनी पुन मगर, तुला पुन मगर र छोरी तर्फबाट झरना गुरुङ र भवाना गुरुङले सहभागिता जनाएका थिए। यी छात्राहरूले आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै जोरायल गाउँपालिकालाई स्वर्ण पदक दिलाउन सफल भए।

यस शानदार जितसँगै, आगामी प्रतियोगितामा डोटी जिल्लाको प्रतिनिधित्व गर्नका लागि पनि यही टोलीका सबै सदस्यहरू छनोट भएका छन्। आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जिल्लालाई पुनः विजयी गराउने विश्वास व्यक्त गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.