डोटीमा एसईई परीक्षा केन्द्राध्यक्षहरूको अभिमुखिकरण कार्यक्रम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी – यही चैत ७ गतेदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का लागि डोटी जिल्लामा आवश्यक तयारी पूरा भएको छ। जिल्ला परीक्षा समन्वय समितिको निर्देशनमा परीक्षालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन चैत ३ गते शिक्षा विकास तथा समन्वय इकाई, डोटीमा परीक्षा केन्द्राध्यक्षहरूको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला वन डोटी

अभिमुखिकरण कार्यक्रममा केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालनका सम्पूर्ण प्रक्रिया, उत्तरपुस्तिका व्यवस्थापन, परीक्षार्थीहरूको अनुशासन, गोपनीयता तथा सुरक्षा सम्बन्धी निर्देशना प्रदान गरिएको थियो। साथै, परीक्षा केन्द्रमा आवश्यक स्रोतसाधन व्यवस्थापन, अनुगमन प्रणाली तथा परीक्षा अवधि सञ्चालनका क्रममा आउने सम्भावित चुनौतीहरूको समाधानका उपायबारे विस्तृत छलफल गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, डोटीका अनुसार, एसईई परीक्षालाई निष्पक्ष, मर्यादित र सुव्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ। यस वर्ष डोटीमा १५ परीक्षाकेन्द्रमा ४ हजार ६२ जना विद्यार्थी एसईईस परीक्षामा सहभागी हुने जनाएको छ। परीक्षा सुव्यवस्थित बनाउन अभिभावक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायहरूलाई सहकार्य गर्न आग्रह गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.