गजल

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

✍️सागर भट्ट    (डोटी)

बाढी र डोजरले सुकुम्बासीलाई पाताल पुर्याएको छ
बैंकको लिलामीले कसैको घरमा हड्ताल पुर्याएको छ

पोषण खाजा सम्बन्धि सन्देश

देखेर हालत दाउरेले नि साँचेर राख्यो सम्पत्ति
आज उसकै चिर्पटले उसलाई अस्पताल पुर्याएको छ

जिल्ला वन डोटी

भागदौड़ पैंसाको हो महोदय! ग्राहकले ऐना हेर्न भ्याएको छैन
उता हजामले चोर बजार उसको कपाल पुर्याएको छ

मान्छे हो मान्छेलाई फर्जी भिषामा मरूभूमी पुर्याउने
अबोध पशुले त पर्यटकलाई हिमताल पुर्याएको छ

भोकले नदी र बगरलाई पनि जोडिदिन्छ हेर्नुस् त
शिकारीले किनार बाटै भुमरीमा जाल पुर्याएको छ

(सागर भट्ट समसामयिक विषयमा केन्द्रित रही गजल लेख्नुहुन्छ।)

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.