आजदेखि देशभर एसइई परीक्षा सुरूहुँदै , ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने

मन्त्रालय सन्देश १
जिल्ला वन डोटी

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि देशभरका २,०७९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत वर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। सोही आधारमा यस वर्ष परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले बढेको छ।

परीक्षामा १५० जना परीक्षार्थीसम्म रहेको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र प्रत्येक २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइने व्यवस्था गरिएको छ। यस्तै, ७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

एसइई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ८ देखि ११ बजेसम्म हुने छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.