शिक्षामा प्रविधिको पहुँचः विद्यालयहरूलाई ल्यापटप, प्रिन्टर र भेन्डर मेसिन वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी- डोटीको जोरायल गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विभिन्न विद्यालयहरूमा ल्यापटप, प्रिन्टर तथा विद्युतीय प्याड डिस्पोज गर्ने मेसिन (भेन्डर मेसिन) वितरण गरेको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वेताल आवि चुचुनढुङ्गा, महादेव आवि भजना, भागेश्वर आवि सिराड, सरस्वती आवि बसौटी, धनरास आवि धन्नास, बागेश्वर आवि बगस्ती, मष्ठा आवि बगिडा र सुगमवाल आवि पिपलकोटलाई ल्यापटप तथा प्रिन्टर प्रदान गरिएको हो। विद्यालयमा डिजिटल सिकाइलाई प्रवर्द्धन गर्दै शिक्षालाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित यी सामग्रीहरू वितरण गरिएको जोरायल गाउँपालिकाले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

यसैगरी, गौरिशंकर मावि गैरा, रामपुर मावि बुडर र घण्टेश्वर मावि जोरायललाई छात्राहरूको सुविधाका लागि विद्युतीय प्याड डिस्पोज गर्ने मेसिन (भेन्डर मेसिन) वितरण गरिएको छ। महिनावारी भएका छात्राहरूलाई विद्यालयमै सुरक्षित रूपमा प्याड डिस्पोज गर्न सहज वातावरण सिर्जना गर्नका लागि भेन्डर मेसिन जडान गरिएको हो।

जोरायल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तेज बहादुर खत्रीका अनुसार, प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएकाले गाउँपालिकाले निरन्तर यस क्षेत्रमा लगानी गर्दै आएको छ। उनका अनुसार, विद्यालयहरूमा डिजिटल शिक्षण उपकरणहरू उपलब्ध गराउनुको मुख्य उद्देश्य विद्यार्थीलाई आधुनिक सिकाइ प्रक्रियामा संलग्न गराउनु हो। यसअघि नै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा आईसीटी ल्याब स्थापना भइसकेको छ, अब आधारभूत विद्यालयहरूमा पनि प्रविधिको पहुँच विस्तार गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन पहल भइरहेको छ।

उनले भने, “प्रविधिको उचित प्रयोगले विद्यार्थीहरूको सिकाइ क्षमतामा व्यापक सुधार ल्याउने विश्वास गरिएको छ। अब विद्यार्थीहरूलाई सूचना प्रविधिमा अझ पारंगत बनाउन डिजिटल शिक्षण सामग्रीको प्रयोगलाई प्राथमिकता दिइनेछ। साथै, शिक्षकहरूलाई समेत आवश्यक तालिम प्रदान गर्दै डिजिटल प्रविधिलाई सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण बनाउने योजना रहेको छ।”

पालिकाका अध्यक्ष र उपाध्यक्षको सक्रिय सहभागिता र मार्गदर्शनले यो कार्यक्रमलाई सफल बनाउन ठूलो योगदान पुर्याएको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।यस कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.