गायक तथा शिक्षक पदम कार्कीको स्वरमा “गाउँघर रित्तिया” सार्वजनिक

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी – गायक तथा शिक्षक पदम कार्कीको स्वरमा रहेको “गाउँघर रित्तिया” बोलको देउडा ठाडी भाका बिहीबार बिहान ९:४५ बजे “न्यु काफली म्युजिक प्रा.लि.” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत स्वयं गायक कार्कीले सिर्जना गरेका हुन् भने उनले नै आफ्नो सुमधुर आवाज भरेका छन्।

जिल्ला वन डोटी

यस गीतले अहिलेको ग्रामीण परिवेशको वास्तविक चित्रण गर्दै अघिल्लो पुस्ताको अवस्थासँग तुलना गर्दा अहिले गाउँघरहरू झनै रित्तिँदै गएको, समाजमा आएको परिवर्तनले सिर्जना गरेको दयनीय अवस्थालाई उजागर गर्ने सन्देश दिएको छ। गीतका मार्मिक शब्दहरूले समाजमा व्यापक प्रभाव पार्ने विश्वास गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

वि.सं. २०६४/६५ तिर गायन यात्रामा लागेका गायक पदम कार्की झण्डै १३ वर्ष संगीतबाट टाढा बसेपछि २०७८ सालमा पुनः साङ्गीतिक क्षेत्रमा फर्किएका हुन्। हालसम्म उनले झण्डै १० वटा गीतमा आफ्नो स्वर भरिसकेका छन्। सुदूरपश्चिमको कला, संस्कृति र मौलिक परम्परालाई माया गर्ने भएकै कारण पुनः संगीत क्षेत्रमा सक्रिय भएको गायक कार्कीले बताएका छन्।

हाल सार्वजनिक गरिएको गीत लिप्सिङ भिडियो मात्रै रहेको र वास्तविक भिडियो छिट्टै सार्वजनिक गरिने जानकारी गायक कार्कीले दिएका छन्। साथै, “गाउँघर रित्तिया” टिकटक तथा रिल्समा पनि उपलब्ध रहेको बताइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.