जोरायल गाउँपालिकाको आधारभूत शिक्षा परीक्षा नतिजा सार्वजनिक : ८३.३९% विद्यार्थी उत्तीर्ण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

जोरायल गाउँपालिकाको आधारभूत शिक्षा परीक्षा नतिजा सार्वजनिक : ८३.३९प्रतिशत विद्यार्थी उत्तीर्ण

डोटी – डोटीको जोरायल गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूको आधारभूत शिक्षा परीक्षा (कक्षा ८)–२०८१ को नतिजा प्रकाशित भएको छ। उक्त परीक्षा २०७८ चैत्र ७ देखि १४ गतेसम्म सञ्चालन भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

परीक्षामा २१ विद्यालयका ५ सय ७ विद्यार्थी सहभागी भएका थिए, जसमा ४ सय ५ जना (८३.३९%) उत्तीर्ण भएका छन्। ५ विद्यालयले १००% उत्तीर्ण दर हासिल गरेका छन्। गाउँपालिकाको औसत Grade 2.3 रहेको छ।

जिल्ला वन डोटी

गौरीशंकर मावि गैरा, डोटीका उमेश बहादुर बोहराले ३.६० GPA सहित सामुदायिक विद्यालयको छात्रतर्फ उत्कृष्ट स्थान हासिल गरेका छन्। त्यस्तै कफलकट्टेश्वर आवि छतिवन, डोटीकी प्रितिका जाग्री ३.५० GPA सहित छात्रातर्फ पहिलो स्थानमा रहेकी छिन्।

संस्थागत विद्यालयतर्फ हिमालय उग्रतारा एजुकेशन एकेडेमी गैरा, डोटीका प्रशान्त कोटारीले ३.५९ GPA सहित छात्रतर्फ प्रथम स्थान प्राप्त गरेका छन् भने सोही विद्यालयकी छहरा बमले ३.७४ GPA सहित छात्रातर्फ प्रथम स्थान हासिल गरेकी छिन्।

नतिजा सार्वजनिक गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्रीले विद्यालयहरूको शैक्षिक उन्नयनप्रति सन्तोष व्यक्त गर्दै भने, “यो नतिजा गाउँपालिकाका शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शिक्षा समुदायको निरन्तर प्रयासको प्रतिफल हो। उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई छ। आगामी दिनमा गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउन सबैको सहकार्य आवश्यक छ।”

यस नतिजाले गाउँपालिकाको शैक्षिक गुणस्तर उकास्न सकारात्मक संकेत गरेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.