आशिर्वाद

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

✍️मिन बहादुर रोकाया ( जोरायल गाउँपालिका ३ रावतकट्टे डोटी )

बनोस् अब हाम्रो देश दिन दिनै नयाँ बनोस्,
दिन महिना बर्षहरु फेरी पनि उस्तै नहोस् ।
धारे हात लाउनेहरु मौन बस्ने दिन आवस्,
मेचीकाली हिमाल पहाड तराई सम्म शान्ति छावस्।।

पोषण खाजा सम्बन्धि सन्देश

सकारात्मक सोच बढोस् उर्जाशिल दिन आउन,
हरेक युवायुवतीले आफ्नै देशमा बस्न पाउन।
सम्भावना देखुन सबले देशमै बसी केही गर्ने,
अर्कैको देशमा गइ सधैंभरी कति मर्ने।।

खोलिउन राम्रा उद्योगधन्दा कलकारखाना व्यवसाय,
आ-आफ्ना सबैका चलुन दिनचर्या केही उपाय।
राज्यका सपना पूरा जनताका कुरा,
पूर्ण होइजाउन बखतैमा केही नहुन अधुरा।।

बनुन फास्ट ट्रयाकहरु रेलमार्ग र उद्योगहरु,
विद्वान भद्र भलादमी र बढ्दै जाउन सुबोधहरु।
जलविद्युत आयोजना बनुन सिंचाइका नहरहरु,
कसैका अधुरा नहुन जीवन जीउने रहरहरु।।

जिल्ला वन डोटी

भरपुरले प्रयोग होस् जल जमिन जंगलको,
सबैले देख्नलाई पाउन दिन असल मंगलको।
मासिदै र नासिदै जाउन निराशाका बादलहरु,
सबैको आँगनमा बजुन छमछम नाच्ने मादलहरु।।

मडारिन दिंदै नदेउ निराशाका काला बादल,
सबैले निर्धक्क बाँचुन सह्मालेर आफ्ना जिउडाल।
स्वस्थ जीवन सुखशान्ति आवागमन सहज बनोस्,
सुन्दर शान्त हाम्रो देशलाई सबैले आहा भनोस् ।।

दिगो शान्ति स्थायी सरकार जनताले सधैं पाउन,
विकासिल हाम्रा दिनहरु विकसित बन्दै जाउन।
हाम्रो देशको प्रगतीलाई अन्य देशले हेर्न आउन,
सबैले एक मुठ्ठी श्वास निर्धक्कले फेर्न पाउन।।

हाम्रो देशलाई अन्यसंग दाँज्ने दिन आउदै नआउन,
सुन्दर शान्त विशाल अनि स्वाभिमानमा फरक पाउन।
स्वाभिमानलाई शिरमा राखी सगरमाथा बन्नु परोस्,
आफ्नै देशलाई हेरी हामीलाई गर्व लाग्छ भन्नु परोस्।।

विभेदकारी नीति नहोस् हिंसा दमन शोषण नहोस्,
दुराचारी अपराधी र तस्करको पोषण नहोस्।
शुभचिन्तक शुभेच्छुकको आशिर्वाद यही पाइन्छ,
सु व्यवस्था सुख चैन भए अरु पो के चाहिन्छ।।

(लेखकले साहित्य कला र गित संगीत क्षेत्रमा थुप्रै रचना सृजना र प्रकाशन गर्नुभएको छ ।उहाँ  हाल घण्टेश्वर माध्यमिक विद्यालय जोरायलमा मा वि तहमा कार्यरत  शिक्षक हुनुहुन्छ ।)

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.