स्व. केशव कठायत स्मृति तेस्रो खुला दौड प्रतियोगिता सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, – रोयल जोरायल क्लब, जोरायल डोटीको आयोजनामा स्व. केशव कठायतको स्मृतिमा तेस्रो “दौडिन्छ जोरायल समृद्धिको बाटोमा” भन्ने मूल नाराका साथ खुला ३२०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ।

जिल्ला वन डोटी

विगत वर्षहरूसम्म निरन्तरता दिँदै यस वर्ष पनि क्लबले चैत्र ३१ गते भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको हो। दौड प्रतियोगितामा कुल १४ जना सहभागी भएका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

प्रतियोगितामा निर्मल शार्की प्रथम हुँदै नगद रु ११ हजार १ सय ११ को पुरस्कार प्राप्त गर्न सफल भए। त्यस्तै, खगेन्द्र सेटी दोस्रो स्थानमा रहेर रु ६ हजार ६ सय ६६ प्राप्त गरे भने तेस्रो स्थानमा योगेन्द्र मल्लले रु ३ हजार ३ सय ३३ जिते। चौथो हुने भुवन शाहीले रु १ हजार १ सय ११ तथा पाँचौँ हुने प्रकाश ओलीले रु ५ सय ५५ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक क्लबले सहभागी, सहयोगी र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.