
डोटी, – जोरायल गाउँपालिका वडा नं. ५ गडसेरामा वडा स्तरीय भलिवल खेल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही वैशाख ४ गते महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा विहान ९:०० बजेबाट सुरु हुने आयोजकले जनाएका छन्।

प्रतियोगितामा वडा नं. ५ भित्रका टिमहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। इच्छुक टिमहरूले मिति यही वैशाख ३ गते कार्यालय समयभित्र टिमको नाम र खेलाडीहरूको विवरणसहित दर्ता गरिसक्नुपर्ने छ।

प्रतियोगिताका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई नगद रु १० हजार, द्वितीय हुने टिमलाई रु ७ हजर र तृतीय हुने टिमलाई रु ५ हजार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले आफ्नो परिचय खुल्ने वैध कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने छ। आयोजकले खेलको सफल आयोजना र निष्पक्षताका लागि सबै टिमलाई सहकार्य गर्न आग्रह गरेको छ।



